नेभिगेशन
पूर्वाधार

प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबुलकारको उद्घाटन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकारको गरेका हुन् ।

यो केबुलकारको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेको थिए । उक्त केबलकार लुम्बिनी प्रदेशकै पहिलो हो ।

उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले केबुलकारको यात्रासमेत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार

दोर्दी जोड्ने सडक अन्तिम चरणमा