नेभिगेशन
पूर्वाधार

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक/फुटपाथ खन्ने स्वीकृति/सहमति नदिइने स्पष्ट पारेको पारेको छ ।

वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर गर्दै महानगरले उक्त निर्णय गरेको हो ।

महानगरको सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक/फुटपाथ खन्न स्वीकृति/सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

ktm-1750135051.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार