प्रधानमन्त्री भन्छन्– मुर्रा राँगो यति नै बेला आउनु झनै राम्रो 

बुधबार, जेठ २४, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणका क्रममा कृषि क्षेत्रको विकासका लागि धेरै महत्वपूर्ण सहमति भएको, त्यसबाट कृषि उत्पादन बढ्ने र रोजगारी वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

आज राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपालको दुग्ध उत्पादन वृद्धिका लागि मुर्रा प्रजातिको राँगो यति नै बेला आउनु झनै राम्रो भएको बताए ।

उखु खेतीको व्यावसायिक विकासका लागि नयाँ प्रजाति आउनु, कफीको नयाँ प्रजाति ल्याउनु महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले १५ वटा मुर्रा जातका राँगा उपहार दिएको छ । यसलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

    

    
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्