महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्राध्यापक मृतावस्थामा फेला

मंगलबार, जेठ २३, २०८०

जानकी- महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्राध्यापक मृतावस्थामा फेला परेका छन् ।

अर्थशास्त्र विषयका आंशिक प्राध्यापक रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१८ का मृतक प्राध्यापक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित ढेकेरीको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक प्राध्यापक रेग्मी सोमबार बिहान १० बजेदेखि परिवारबाट सम्पर्कविहीन थिए । उनी परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई गरेको खबरअनुसार खोजीकार्य जारी राख्दा उक्त जङ्गलमा आज बिहान ९ बजे जलेको अवस्थामा मृत भेटिएका हुन् । 

रेग्मीको शवलाई परीक्षणका लागि भेरी अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्