प्रतिनिधिसभा बैठक

ओलीको प्रश्न– कसको स्वार्थमा गाँजा खेतीको नीति ल्याइएको हो ?

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आर्थिक वर्ष २०८०–८१ बजेटमा गाँजा खेती अध्ययन गर्ने नीति ल्याएकोबारे प्रश्न उठाएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा उनले गाँजा खेतीको विषय कसैको स्वार्थका लागि ल्याइएको हुनसक्ने शंका गरे ।

सरकारले गाँजालाई औषधिजन्य प्रयोगका लागि अध्ययन गर्ने भनेर नीति ल्याएको छ । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले त्यसकोे आलोचना गरेका छन् । 

ओलीले यसलाई गाँजा खेतीलाई ’फेन्सी योजना’को संज्ञा दिएका छन् । 

’जनताको सरकारभन्दा फेन्सी कुराहरू आए । गाँजा खेती कसको स्वार्थमा ल्याइयो । धेरै गरिबका लागि आएको होइन । कसलाई लाइसेन्स लिएको गाँजा खेतीका लागि आएको हो ?,’ उनले प्रश्न गरे ।


 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्