अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न सांसदहरूको माग, अर्थमन्त्रीले दिए जवाफ 

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरे । सांसद डा अमरेशकुमार सिंहले उक्त विषयमा सरकारले स्पष्ट पारे । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हरेक बजेट निर्माणमा यस्तो समस्या देखिएको तर मिलोमतोमा सामसुम हुने गरेको टिप्पणी गरे । सोबारे अर्थमन्त्री डा प्रकाशशरण महतले बैठकलाई जवाफ दिएका छन् ।

अर्थमन्त्री महतले करका दर हेरफेर गर्न कोही अवैध व्यक्तिको प्रवेश नभएको प्रष्टीकरण दिएका हुन् ।

बैठक जारी छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्