आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक स्थगित

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ– आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने तय भएकोमा विशेष कारणले बैठक स्थगित भएको संघीय संसद्का महासचिव डा भरतराज गौतमले एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो । अब यो बैठक बुधबार बिहान ११ः११ का लागि सरेको छ ।

No description available.

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्