नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता (पूर्णपाठसहित)

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा आज २ अधिवक्ताले रिट दायर गरेका हुन् ।

वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण नेउपाने र डा सुरेन्द्र भण्डारीले रिट दायर गरेको सर्वोच्च स्रोतले जनाएको छ । 

गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने क्रममा राष्ट्रपति पौडेलले संविधानको धारा ६१ को उपधारा २, ३ र ४ अनि धारा ६६ अनुसार विधेयक प्रमाणीकरण गरेको भनी शितल निवासले विज्ञप्ति निकालेको थियो ।

यो असंवैधानिक दाबी गर्दै आफूहरूले सर्वोच्चमा रिट दायर गरेको अधिवक्ताद्वयले दायर गरेको रिटमा उल्लेख छ ।

यस्तो छ रिटको पूर्णपाठ :

 

 


 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्