नेपालको लगातार दोस्रो जित

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं - नेपाली राष्ट्रिय महिला टोलीले बिहीबार मलेसियालाई तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा २७ रनले पराजित गरेको छ । 

पहिलो खेलमा इतिहासमै पहिलोपटक मलेसियासँग पराजित भएको नेपालले त्यसपछि लगातार खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । मलेसियाको वेन्गी रंगशालामा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १५ रनको योगफल बनाएको थियो । 

प्रत्युत्तरमा मलेसियाले २० ओभरमा चार विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । सिरिजमा नेपाल २–१ ले अगाडि छ । 

मलेसियाविरुद्ध नेपालबाट ईश्वरी विष्टले डेब्यु गरिन् । ब्याटिङ अवसर नपाएकी ईश्वरीले चार ओभर बलिङ गरेकी थिइन् । उनले आफ्नो डेब्यु खेलमा १६ रन खर्चेकी थिइन् । उनले फ्याँकेको १३ बलमा मलेसियन बलरले रन बटुल्न सकेनन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार