मेसीले पीएसजी छाड्ने पक्का

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं - विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने पक्का भएको छ ।

मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले मेसी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएको बीबीसीले जनाएको छ ।

मेसीजस्तो फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएकोमा आफू धेरै खुसी रहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्