यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्