पूर्वाधार विकास कोष हटाउन सभामुखलाई अनेरास्ववियुको ध्यानाकर्षणपत्र

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ– नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेकपा (एमाले) निकट अनेरास्ववियुले ध्यानाकर्षणपत्र बुझाएको छ ।

पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज सिंहदरबारमा सभामुख घिमिरेलाई अनेरास्ववियुले ध्यानाकर्षणपत्र बुझाएको हाे ।

सङ्गठनका अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो । बडालका अनुसार ध्यानाकर्षणपत्रमा सरकारको बजेटबाट फेरी ब्युताउने कार्यलाइ फिर्ता गरी सो रकमबाट माध्यमिक (कक्षा ११ र १२) शिक्षालाई ७५३ स्थानिय पालिकामा न्युनतम १ नमुना बिधालय मार्फत नि शुल्क गराउने कार्यमा छुट्याउनसमेत माग गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार