'ए' डिभिजन लिग फुटबल

पुलिससँग एनआरटी पराजित, फ्रेन्ड्स र हिमालयन गोलरहीत बराबरी

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहीत बराबरी खेलेका छन् ।  

बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

खेलमा दुई टोलीले गोल गर्ने अवसरलाई खेर फालेका थिए । बराबरीसंगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको समान खेल खेलको हिमालयनले ३० अंक जोडेको छ ।

त्यस्तै, विहीबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले खेलको ७५ औं मिनेटमा एकमात्र निर्णायक गोल गरे । 

जितसंगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ समान खेल खेलेको एनआरटीको २९ अंक रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्