राजा हुनुपर्ने व्यक्तिको टाउको काटेर, किस्तीमा राखेर दरबारमा महेन्द्रलाई बुझाइयो

बिहीबार, जेठ १८, २०८०

यी दुई फोटोहरू राम्ररी हेर्नोस्। यी दुबै फोटो पृथ्वीनारायण शाहका दशौं पुस्ताका बंशज हुन्।

पहिलो फोटो हो सहिद जगतप्रकाशजंङ्ग शाहको हो। यिनी पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहका जेठा छोरा रणोद्दत शाहका जेठा जेठा हुँदै सन्तान हुन्। रणबहादुर शाहका युवराज छोरा रणोद्दत शाहका जेठा छोरा र उनका जेठा आदि हुँदै राजा भएको भए जगतप्रकाशजङ्ग शाह नेपालका राजा हुन्थे। उनको निधन पछि नबिनप्रकाशजङ्ग शाह (त्रिबिबिका पूर्ब उपकुलपति एबं पूर्ब राजदूत) नेपालका राजा हुन्थे।

हुन अर्कै पुग्यो ! रणबहादुर शाह एकदिन बिहानै पशुपति पुगेछन्। त्यहाँ एउटी बाल बिधवा शोडष बर्षिया मैथिली ब्राम्हणी आर्यघाटमा नुहाउँदै गरेकी रहिछन्। नवयुवती कन्या एकसरो श्वेत: बस्त्रमा नुहाउँदै गरेकी !!! कामूक रणबहादुरले थाम्नै सकेनन्। ती युवतीलाई 'उठाउन' उद्यत भए!!!! कान्तवती नाम गरेकी ती नवयुवतीले राजबलका सामू प्रतिरोध गर्ने सम्भावना नै थिएन। तर तिनले एउटा शर्त भने राखिन - 'मबाट जन्मिने छोरा नै राजा हुन्छ भने म आत्मसमर्पण गर्न तयार छु।' कामात्तुर रणबहादुर शाहले शर्त माने र ती मैथिली ब्राम्हण कन्यालाई भित्र्‍याए!! आफ्ना जेठा छोरा युवराज रणोद्दत शाहको युवराज पद खोसे र कान्तवतीबाट जन्मेका गिर्बाणयुद्धलाई युवराज बनाए। यसरी राजगद्दीको क्रम भङ्ग भएको हुँदा गिर्बाणयुद्धको समय देखि यिनका नामका पछाडि 'बिक्रम' लेख्न थालिएको हो। दोश्रो फोटो तिनै गिर्बाणयुद्धका बंशज महेन्द्र वीर बिक्रम शाहको हो।

जगतप्रकाशजङ्ग शाह नेपाली कांग्रेससंग आबद्ध थिए। २०१८/१९ सालमा कांग्रेस महेन्द्रको तानाशाही कूको बिरुद्ध सशस्त्र संघर्षमा होम्मिएको थियो। जगतप्रकाशजङ्ग शाहलाई चितवनमा पक्राऊ गरियो र अत्यन्तै नृशंस ढङ्गले हात काटेर शरीर छियाछिया पारेर हत्या गरियो। त्यसपछि मृत शरीरबाट टाउको अलग्याएर किस्तीमा राखेर दरवारमा प्रस्तुत गरियो। त्यो शीर देखेपछि महेन्द्रले अट्टहास गरेका थिए !! यसरी टाउको काटेर ल्याइएको घटना स्वर्गीय हृशिकेश शाहले मलाई नै बताउनु भएको हो!!

यो कथा कुनै रचिएको होइन। रीत परम्परा अनुसार राजगद्दीको असली क्रमानुसारको हकदारलाई एक 'बिक्रम' ले गरेको नृशंस हत्याको सत्यकथा हो।

'राजभक्त' हरूको कस्तो प्रतिक्रिया आउने हो!!??? 'संबैधानिक राजा' खोज्ने राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी र ज्ञानेन्द्र शाहीहरू नबिनप्रकाशजङ्ग शाहलाई राजाका रूपमा स्थापित गर्न तयार छन्??? कि उहाँहरूलाई 'बिक्रम' नै चाहिने????

थपेँ .....

मलाई याद भएर लेखेको होइन। तर जेठ १९ आइसकेछ!! त्यसै वंशनाश भएको होइन रहेछ। एउटीको टाउको नै थिएन .... ! दैबको लिला ..... !!!!!

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार