डा. महतलाई डा. खतिवडाको सुझावः करका विषयमा पदको बाजी नराख्दा राम्रो

बुधबार, जेठ १७, २०८०

काठमाडौं–पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई करका दरलाई लिएर पदको बाजी नराख्न दिएका छन् ।

अर्थमन्त्री डा. महतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा करका दर कसैको दबाबमा हेरफेर गरेको प्रमाणित भए पदमा नबस्ने बताएका थिए । त्यसको जवाफमा डा. खतिवडाले पदको बाजी नराख्न सुझाव दिएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो सुझाव दिएका हुन् ।

‘करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुन्छ । त्यो दुई प्रकारको आवश्यकताले हुन्छ । एउटा प्रणालीको आवश्यकताले, अर्को व्यवसायीको आवश्यकताले । त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ, पदको बाजी नै नराखेको भए हुने,’ डा. खतिवडाले भने ।

उनले अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै कर्मचारीतन्त्र पनि इमान्दार हुनुपर्ने बताए । हरेकपटक दर हेरफेर गर्दा शंका गर्ने हो भने आर्थिक अध्यादेश नै नल्याए हुने भन्दै उनले प्रणालीको आवश्यकताले गरेको भए शंका गर्न नहुने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्