गणतन्त्र दिवसमा ‘सांस्कृतिक साँझ’ [तस्बिरहरू]

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा आज ‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’को आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित सांस्कृतिक साँझमा नृत्य, कविता नाटक र गीत प्रस्तुत गरिएको थियो ।

Republic Day_Nepal21685460559.jpg

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।  

Republic Day_Nepal11685460559.jpg

सोही अवसरमा पर्यटनमन्त्री सुदन किरातीले गणतन्त्र प्राप्तिको निम्ति ज्यानको आहूति दिने सहिदलाई स्मरण गर्दै गणतन्त्रलाई सबै हिसाबले संस्थागत गर्नुपर्नेमा जोड दिए ।

गणतन्त्रलाई असफल बनाउन खोज्नेप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार मुक्त गर्दै समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको लक्ष्य रहेको पनि बताए । –रासस

Republic Day_Nepal20801685460559.jpg

Republic Day_Nepal20231685462348.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्