ए डिभिजन लिग फुटबल

ए डिभिजन लिग फुटबल : जाउलाखेलसँग आर्मी पराजित

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । 

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ७८ औँ मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जावलाखेल २३ खेलमा ३७ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको आर्मी ३० अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्