नेभिगेशन
सुरक्षा–अपराध

पेस्तोल देखाएर दिनदहाडै लुटियो एनएमबि बैंक

जनकपुरधाम - महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार आज दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको हो । प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ ।

बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ । जसमा मास्क लगाएका तीन जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडियोमा देखिन्छ । अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ ।केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ । प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन । तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध