भ्याटमा १७० र अन्तःशुल्क अन्तर्गत ३४० छुटका दर खारेज

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– पछिल्लो समय सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएपछि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दिइँदै आएका विभिन्न छुटका दरहरु खारेज गरेको छ ।

“छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दर खारेज गरेको छु”, अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै भने ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आय भएका व्यक्तिलाई लाग्दै आएको आयकरको दरमा सामान्य वृद्धि गरेको छ । 

    

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्