सरकारको लक्ष्य : साढे १७ खर्ब खर्च गरेर ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने [पूर्णपाठ]

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । यस्तै, सरकारले सो दरका आर्थिक बृद्धिदर हासिल गर्दा ६.५ प्रतिशतको मूल्यबृद्धि हुने अनुमान गरेको छ ।

अर्थमन्त्री डा. महतले संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्