बजेट सार्वजनिक

पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन गरिने

सोमबार, जेठ १५, २०८०

काठमाडाैँ– सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ । 

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरी धितोपत्र औजारहरूको विस्तार र विविधिकरण गरिने बताए ।

अर्थमन्त्री महतले पूँजी वजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हीत सुनिश्चित गर्दै पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने र गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार