बजेट सार्वजनिक

प्रतिसांसद ५ करोड दिने, ८ अर्ब २५ करोड बजेट

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन गर्न प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ ।

निर्वाचन क्षेत्रका विकास आयोजनाहरुलाई अघि बढाउन सांसदको सिफारिसमा खर्च गर्नेगरी यस्तो रकम विनियोजन गरिएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । प्रतिसांसद ५ करोड रुपैयाँका दरले रकम दिनको लागि अर्थ मन्त्रालयले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्