बजेट सार्वजनिक

दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

सोमबार, जेठ १५, २०८०

काठमाडाैँ– सरकारले दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ । 

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्