बजेट सार्वजनिक

नारायणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड

सोमबार, जेठ १५, २०८०

काठमाडौं - पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

 नारायणगढ(बुटवल र कमला(कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला (ढल्केवर(पथलैया, वुटवल( गोरूसिङ्गे, काकडभिट्टा( लौकही, पथलैया( नारायणगढ र लमही(भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ । नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उनले बताएका छन् । पूर्व(पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि  ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन् ।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्