विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा [विज्ञप्तिसहित]

शनिबार, जेठ १३, २०८०

काठमाडौँ– प्रशासनले विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानैदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो ।

विराटनगरमा कोसी प्रदेश नामकरणपछि त्यसको विरोधमा पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । त्यो आन्दोलन हिंसात्मकसमेत हुने गरेको छ । आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्ने क्रममा एक युवाको मृत्यु भइसककेो छ ।

सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । त्यसले पनि आन्दोलन नरोकिएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । 

प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म निषेधाज्ञा जारी गरेको छ ।

यस्तै, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गरिए कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

हेरौँ विज्ञप्ति :

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्