आइपिएल :

मुम्बईलाई हराउँदै गुजरात फाइनलमा, उपाधिका लागि चेन्नाईसँग भिड्ने

शनिबार, जेठ १३, २०८०

काठमाडौँ– सर्वाधिक ५ पटकको विजेता मुम्बईलाई हराउँदै गुजरात साविक विजेता गुजरात टाइटन्स भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

शुभमन गिलको १२९ रनको उत्कृष्ट पारीमा गुजरातले गएराति मुम्बईलाई ६२ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गिल्सले ६० बलको आफ्नो पारीमा आक्रामक ब्याटिङ गरे ।

गुजरातले अब उपाधिका लागि ४ पटकको विजेता चेन्नाई सुपर किंग्ससँग भिड्नेछ । फाइनल खेल आइतबार गुजरातको अहमदाबादमा हुनेछ । 

अहमदाबादमा पहिले ब्याटिङ गरेको घरेलु टोली गुजरातले ३ विकेटको क्षतिमा २३३ रन बनाएको थियो ।

साई सुदर्शनसँग दोस्रो विकेटका लागि १३८ रनको साझेदारी गरेका गिलले ७ चौका र १० छक्का प्रहार गरे । सुदर्शनलले ४३ रन बनाए । गिलको यो ४ वटा आइपिएल पारीमा तेस्रो शतक हो ।

२३४ रनको रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको मुम्बई १८.२ ओभरमै सबै विकेट गुमाएको थियो । उसले १७१ रन मात्र बनाउन सक्यो ।

मुम्बईलाई सस्तोमै समेट्न फास्ट बलर मोहित शर्माले प्रमुख भूमिका निभाए । उनले १० रन दिएर ५ विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्