महिला भलिबल :

फाइनल प्रवेशका लागि काजकिस्तानविरुद्ध भिड्दै नेपाल

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ– एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल आज फाइनल प्रवेशका लागि काजकिस्तानविरुद्ध भिड्दैछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत नेपालले कजाकस्तानको सामना गर्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल समूह ’ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

घरेलु टोली नेपाल आज काजकिस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

काजकिस्तान समूह ’बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यसर्थ, आज उ पनि नेपाललाई हराएर उपाधिनजिक पुग्न चाहन्छ ।

आजै हुने पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित भारत बंगलादेश, माल्दिभ्स, श्रीलंका, कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्