साविक विजेता गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– साविक विजेता गुजरात टाइटन्सलाई हराउँदै चेन्नाई सुपर किंग्स दशौं पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

घरेलु मैदान एमए चेन्नास्वामी रंगशाला चेपकमा गएराति चेन्नाई १५ रनले विजयी भएको हो । चेन्नाईको जितमा रवीन्द्र जडेजाले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरे । 

पहिलो क्वालिफायरमा चारपल्टको विजेता चेन्नाईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १७२ रन बनाएको थियो । त्यसमा ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । चेन्नाईका बलरले त्यसलाई रक्षा गर्ने क्रममा गुजरातलाई १५७ रनमा रोकेको थियो । सुरुमा २२ रन बनाएका जडेजाले पछि १८ रनमा दुई विकेट लिए ।

हारका बावजुत गुजरातसामु फाइनल प्रवेशको एक अर्को अवसर हुनेछ । बुधबार इलिमिनेटरमा लखनऊ सुपर जायन्ट्सले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसमा विजयी हुने टिमले अर्को खेलमा गुजरातको सामना गर्नेछ ।

चेन्नाई चार पटकको आइपिएल विजेता हो । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्