चार सगरमाथा आरोहीलाई थप उपचारका लागि भारत लगियो

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।

हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि आज भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनीहरुमध्ये तीन जना सगरमाथा आरोही हुनुहुन्छ भने एक जना ल्होत्से हिमाल आरोहण दलमा संलग्न आरोही एक हुन् । चार जना सगरमाथा र एक जना ल्होत्सेबाट उद्धार गरिएकामा एक जना समान्य उपचारपछि घर फर्किसकेका छन् भने बाँकी चार जनालाई थप उचारका लागि नयाँ दिल्ली लगिएको हो ।

सगरमाथाको दोस्रो आधार शिविरमा म्यानेजर तथा कुकको जिम्मेवारीमा रहनुभएका ओखलढुङ्गा निवासी शेर्पा सरदार आङकाजी शेर्पाको सव अन्त्येष्टि गर्नुअघि बौद्ध गुम्बामा धार्मिक परम्पराअनुरुप १४ जना लामा गुरुद्वारा शान्ति पाठ गरिएको छ ।

उनको शव आधार शिविरबाट सोमबार काठमाडौँ ल्याएपछि परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिएको थियो । बौद्ध परम्पराअनुसार उपयुक्त साइतमा उनको पार्थिव शरीर बुधबार टेकुमा अन्त्येष्टि गरिने छ । यस पटकको सफा हिमाल अभियानमा लक्ष्यभन्दा बढी नै फोहर सङ्कलन भएको प्रवक्ता भण्डारीले बताए । यस पटक ३५ टनको लक्ष्य थियो ।

सङ्कलित फोहरमध्ये कुहिने फोहर त्यसै क्षेत्रमा व्यवस्थापन गरिने छ भने नकुहिने फोहर काठमाडौँ ल्याइने छ । पूर्वनिर्धारित कार्यक्रमअनुरुप उपलब्ध साधन स्रोत र खर्चका आधारमा सङ्कलित फोहर व्यवस्थापन गरिने छ ।

अभियानमा संलग्न प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको टोली सगरमाथा आधार शिविरमा रहेको टोली फोहर सङ्कलनको काम सकेर फर्कने क्रममा छ । त्यहाँ सङ्कलन फोहर सेवा प्रदायक कम्पनीले हवाई साधन र अरु साधनको प्रयोग गरी नजिकको विमानस्थलमा पु¥याउने र त्यसपछि आवश्यकताका आधारमा सडक  र हवाई यातायातमार्फत काठमाडौँमा ल्याइने छ । 

विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा औपचारिक कार्यक्रम गरी अभियानको समापन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार