बुद्धको जिवनीमा आधारित अत्याधुनिक ‘सन एट लुमेरे’ परियोजना सार्वजनिक

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– साउथ एसिया फाउन्डेसन नेपाल (एसएफएन)ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धको जिवनीमा आधारित अत्याधुनिक सन एट लुमेरे परियोजना (लाइट एण्ड साउण्ड प्रोजेक्ट) सार्वजनिक गरेको छ । 

परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, र ज्योति समूहका अध्यक्ष पद्म ज्योति लगायतको उपस्थित थियो । सोही कार्यक्रममार्फत् परियोजनासँग सम्बन्धित वेबसाइट पनि सार्वजनिक गरिएको थियो । 

समारोहलाई सम्बोधन गर्दै ज्योति समूहका अध्यक्ष ज्योतिले बुद्धको जन्मस्थल नेपाल हुनुको महत्व, बुद्धकै कारण विश्वमा नेपालको पहिचान र विश्व शान्तिका लागि सम्भावित कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । 

अध्यक्ष ज्योतिले स्थानीय सहयोग र सहभागिताको महत्वलाई जोड दिँदै परियोजनामा आफूले सक्दो सहयोग गर्ने वाचा पनि व्यक्त गरे । उनले आयोजनालाई समयमै सम्पन्न गर्न सरकार, स्थानीय निकाय र व्यवसायिक निकायहरूको साझेदारीका लागि आह्वान गरे । 

एसएफएन सन् १९९१ मा भारतको वाराणसीमा स्थापना भएको साउथ एसिया फाउन्डेसन (एसएफ) र नेपाल सरकारबाट सञ्चालित लुम्बिनी विकास कोषसँगको साझेदारीमा सन् २०१२ मा काठमाडौंमा स्थापना भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार