सुकुम्बासी समस्या राजनीतिक तमासा भएको छः जबरा

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जवराले सुकुम्बासी समस्या राजनीतिक तमासा भएको बताएका छन् ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सांसद जवराले यस्तो बताएका हुन् । राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता भर्ती गरेर आयोग बनाउने गरेको उनको आरोप छ ।

‘सुकुम्बासी समस्या यो त एउटा तमासा भएको छ । राजनीतिक पार्टीहरुले कार्यकर्ता भर्ना गर्ने र आफ्ना कार्यकतालाई सुम्सुम्याउने, थम्थम्याउने बाटो भएको छ । ३० वर्षमा ३६ वटा सुकुम्बासी आयोग बनिसकेका छन् । अहिले पनि हामी यहि तमासा गरिरहने ? अन्तिम पटकको लागि सुकुम्बासी व्यवस्था गर्ने र त्यसपछि यो च्याप्टरै बन्द गर्ने दृढताको साथ यो सरकार जाओस भन्ने हाम्रो मूल्य र मान्यता हो,’ राप्रपाका नेतासमेत रहेका सांसद जवराले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्