नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

इनोभेसन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरू ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको छ ।

प्रयोगकर्ताहरूलाई सुपथ मूल्यमा नवीनतम् प्रविधियुक्त एवम् फ्ल्यागसिप फिचर भएका स्मार्टफोन उपलब्ध गराउँदै आएकोले रियलमी नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक हुन सफल भएको छ ।

आन्तरिक स्रोतको अनुसार रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१ प्रतिशत सेटहरू मात्र मर्मतको लागि आएका थिए, जसले रियलमीका स्मार्टफोनहरूको गुणस्तरतालाई प्रमाणित गरेको छ ।

२०२२ मा रियलमीको रियलमी जिटी २ प्रो, रियलमी जिटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो +, रियलमी ९आई, रियलमी ९आई ५जी, रियलमी नार्जो ५०आई प्राइम र रियलमी नार्जो ५०ए प्राइम सहित कुल १४ वटा नयाँ स्मार्टफोन मोडलहरू बजारमा आएका थिए ।

त्यस्तै २०२३ मा रियलमीले तीन नयाँ मोडलहरू रियलमी १० प्रो+ ५जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ । यी फोनहरू उपभोक्ताको विविध आवश्यकता र बजेटलाई ध्यानमा राखी डिजाइन गरिएका थिए ।

यी सबै स्मार्टफोन मोडलहरू ग्राहकहरूले निकै रुचाएका थिए । यसले निरन्तर रूपमा उच्च गुणस्तरका स्मार्टफोनहरू उत्पादन गर्ने रियलमीको प्रतिबद्धतालाई अझै प्रष्ट पारेको छ ।

र, यो वर्ष रियलमीले थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दैछ जसले गर्दा झन धेरै उपभोक्ताहरूले भ्यालु फर मनि स्मार्टफोनहरू प्रयोग गर्न पाउनेछन् । वर्षको अन्त्य सम्ममा ग्राहकले रियलमीबाट केही अझै नयाँँ र उत्कृष्ट उत्पादनहरु अपेक्षा गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरूले छिटो–छरितो, प्रभावकारी र भरपर्दो सेवा प्राप्त गरुन् भनेर सुनिश्चित गर्नको लागि रियलमीले उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।

यसबारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी ब्रान्ड विश्वव्यापी रूपमै उच्च गुणस्तरीय स्मार्टफोनहरु उत्पादन गर्न प्रतिबद्ध छ । नेपाली ग्राहकहरूको माया र विश्वास पाउनु र उहाँहरूको गो–टु स्मार्टफोन ब्रान्ड हुन पाउँदा हामीलाई गर्व लागेको छ । हामी हाम्रा हरेक काम ग्राहक वर्गलाई ध्यानमा राखेर गर्दछौँ र उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्नु भनेको व्यापार राम्रो हुनु मात्र नभएर हाम्रो कम्पनीको मुल मान्यता पनि रहेको छ ।’

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले भने, ‘हामी ग्राहक वर्गलाई प्रदान गर्ने उत्पादन र सेवामा उच्चतम गुणस्तर कायम राख्न हरदम प्रतिबद्ध रहनेछौँ र उहाँहरुको विश्वास जित्न र कायम राख्न कडा मेहेनत गरिरहनेछौं ।’

रियलमीले नेपालमा एक मजबुत ग्राहक सेवा पूर्वाधार बनाएको छ, जसमा आधिकारिक सर्भिस सेन्टरहरूका साथ साथै देशभरका ग्राहकहरूलाई चुस्त र छरितो सेवा प्रदान गर्न भरपर्दा विज्ञहरूको नेटवर्क समावेश छ ।

यससँगै रियलमीमा २४ सै घण्टा उपलब्ध रहने ग्राहक सेवा टोली पनि रहेको छ । जसमार्फत ग्राहकहरुले सजिलैसँग आफ्ना समस्याहरू समाधान गर्न सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्