सरकारको नीति तथा कार्यक्रमबारे आज पनि संसद्‌मा छलफल 

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमबारे आज पनि संघीय संसद्मा छलफल हुनेछ ।

राष्ट्रपति रामचन्द पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि जेठ ७ देखि छलफल जारी छ ।

पहिलो दिन प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन् ।

प्रतिपक्षी दलका नेताहरू ओली र लिङ्देनले नीति तथा कार्यक्रमको आलोचना गरेका थिए । 

आजको बैठकमा झण्डै चार दर्जन सांसदहरूले आफ्नो धारणा राखिसकेका छन् ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्