आइपिएलको अन्तिम ४ समीकरण पूरा

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को अन्तिम ४ समीकरण पूरा भएको छ । 

आइतबार मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाएसँगै अन्तिम ४ समीकरण पूरा भएको हो । 

लिग चरणमा पहिलो स्थानमा रहेको साविक विजेता गुजरात टाइटन्स र दोस्रो भएको ४ पटकको विजेता चेन्नाई सुपर किंग्सले सिधै क्वालिफायर १ मा स्थान बनाएका छन् ।

तेस्रो स्थानमा रहेको लखनऊ सुपर जायन्टस् तथा चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले प्ले अफ पनि यात्रामा स्थान बनाएका छन् । 

प्ले अपमा पहिलो क्वालिफायर, इलिमिनेटर, दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा मंगलबार लिगको पहिलो र दोस्रो स्थानमा रहन सफल गुजरात र चेन्नाई बीच खेल हुनेछ । 

पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले फाइनलमा प्रवेशको अर्को मौका पाउने छ । इलिमिनेटरको विजेता टोलीसँग पहिलो क्वालिफायरमा पराजित टोलीले खेल्नेछ ।

लिमिनेटर खेलमा भने लिगको तेस्रो स्थानमा रहेको लखनऊ र मुम्बईको बीचमा खेल हुनेछ । इलिमिनेटर खेल बुधबार रहेको छ । 

आइपिएलमा सहभागी १० टोलीमध्ये ६ टोली भने लिग चरणबाटै बाहिरिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्