एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी, प्रबन्धकसहित ९ जना पक्राउ

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेड, सुनसरीको इटहरी शाखाबाट आज डेढ करोड रुपैयाँ चोरी भएको छ ।

३३ जना बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको १ करोड ५० लाख रुपैयाँ चोरी भएको हो ।

रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक (म्यानेजर)सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना बैंकका कर्मचारी भएको र उनीहरूबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्