आइपिएल :

जितसँगै बेंग्लोरको प्ले अफ सम्भावना बलियो 

शुक्रबार, जेठ ५, २०८०

काठमाडौँ– जितसँगै रोयल च्यालेन्जर्स बेंग्लोरले भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बैंग्लोरले गएराति सनराइजर्स हैदराबादलाई ८ विकेटको फराकिलो अन्तरले हराएको हो । 

जितसँगै बेंग्लोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । बेंग्लोरले आइतबार गुजरातसँग खेल्नेछ । उक्त खेलमा बेंग्लोर विजयी हुँदा १६ अंकमा पुग्नेछ । यस्तोमा रनरेटले अघि रहेको बेंग्लोर प्ले अफमा पुग्नेछ ।  

प्ले अफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा रहेको छ ।

राजीव गान्धी क्रिकेट रंगशालामा घरेलु टोली हैदराबादले दिएको १८७ रनको लक्ष्य बेंग्लोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । 

ओपनर विराट कोहलीको शतक बनाए । उनले ६३ बलमा १२ चौका र ४ छक्कासहित १०० रनको शतकीय पारी खेले । कोहलीको यो आइपिएल करिअरको छैटौं शतक हो ।

पहिलो विकेटका लागि कोहली र कप्तान फाफ डू प्लेसिसले १०७ बलमा १७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

कप्तान डू प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनको अर्धशतकीय पारी खेले । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे । 

हैदराबादका लागि टी नटराजन र भुवनेश्वर कुमारले समान १÷१ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । 

हैदराबादका लागि विकेटकिपर हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १०४ रनको उत्कृष्ट शतकीय पारी खेलेका थिए ।

आइपिएल करिअरको पहिलो शतक क्लासेनले ४९ बलमा पूरा गरेका थिए । 

कप्तान एडेन माक्ररम र क्लासेनले तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरेका थिए । माक्ररम २० बलमा १८ रनमा आउट भए ।

चौथो विकेटका लागि ह्यारी ब्रुक र क्लासेनले ३६ बलमा ७४ रनको साझेदारी गरेका थिए । ब्रुक १७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहेका थिए ।

ओपनरद्वय अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए । दुबै ओपनर स्पिनर माइकल ब्रेसवेलले एकै ओभरमा आउट गराएका थिए ।

बेंग्लोरका माइकल ब्रेसवेले सर्वाीधक २ तथा मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदले समान १÷१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्