हज समितिका अध्यक्ष मियाँ पक्राउ

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनी सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हज समिति गृह मन्त्रालय अन्तर्गतकै एउटा निकाय हो । 

यो प्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीसहित १४ जना पक्राउ परिसकेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्