‘ए’ डिभिजन लिग फुटबल

पुलिसद्वारा एपीएफ पराजित, थ्री स्टार र आर्मीले बराबरीमा अंक बाँडे

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।  

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।

त्यस्तै, म.गलबार नै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।  पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्