साविक विजेता गुजरात सिधै क्वालिफायरमा, बन्यो प्ले अफमा पुग्ने पहिलो टोली

हैदराबादको सम्भावना समाप्त
मंगलबार, जेठ २, २०८०

काठमाडौँ– साविक विजेता गुजरात टाइटन्स भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।

गएराति सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै आइपिएल २०२३ मा प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।

शुभमन गिलको पहिलो शतकीय पारीले गुजरातलाई १ खेलअगावै अन्तिम ४ मा पुर्याएको हो ।

१३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । गुजरातले शीर्ष दुईमा रहने पक्का छ र यसो भएमा सिधै क्वालिफायर खेल्नेछ । उक्त खेल जितेमा गुजरात सिधै फाइनल पुग्नेछ । गुजरातले अब लिगमा बेंगलोरसँग खेल्न बाँकी छ ।

आठौं हार बेहोरेको हैदराबाद भने लिग चरणबाटै बाहिरिएको छ । उ बाहिरिने दोस्रो टिम बनेको हो । यसअघि नै दिल्ली क्यापिटल्स लिगबाट बाहिरिसकेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी रंगशालामाा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिलको सानदार शतकमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । 

गिलले ५८ बल खेल्दै १३ चौका र १ छक्का मद्दतमा १०१ रन बनाए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्