आज एकै समयमा बस्दै १० वटै संसदीय समितिका बैठक

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत १० संसदीय समितिका बैठक आज एकै समयमा बस्दैछन् ।

प्रतिनिधिसभा गठन भएको ६ महिनापछि आजदेखि संसदका १० वटै समिति क्रियाशील हुने भएसँगै बैठक बस्न लागेको हो ।

सभामुख देवराज घिमिरेले आज बिहान ९ बजे १० वटै समितिका बैठक राख्न सोमबार सुझाव दिएका थिए ।

कानुन निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी उनले सुझाव दिएको बताएका हुन् ।

उनको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित रहेका छन् ।

साथै, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति पनि छन् ।

समितिका सभापति चयन नभइसकेकाले बैठकको अध्यक्षता हाल समितिका ज्येष्ठ सदस्यले गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार