नेविसंघको नारा–‘क बाट कछुवा, ख खरायो, टोप बहादुर कहाँ हरायो?’ [तस्बिर कथा]

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं–नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पार्टीबाट निलम्बन गर्न नेवि संघले माग गरेको छ । त्रिचन्द्र क्याम्पसका कार्यकर्ताहरूले काठमाडौंमा आइतबार प्रदर्शन गर्दै खाँणलाई निलम्बन गर्न माग गरेका हुन् ।

उनीहरूले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको छ ।

यही प्रकरणमा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर रायमाझी फरार छन् ।

‘भ्रष्टाचार जो होस् तर सजाय होस्’, आफ्नै पार्टी नेता किन नहोस् तर सजाय होस् र भ्रष्टाचार अन्त्य होस्’ ‘एक, दुई, तीन, चार, भ्रष्टचाीलाई कारागार, न नाता न नेता भ्रष्टाचारीलाई कठघरा’ ‘क बाट कछुवा ख खरायो, टोप बहादुर कहाँ हरायो?’ लगायतका नारासहित प्लेकार्ड बाकेर प्रदर्शन गरिएको हो ।

346132444_229453746375919_2950206265003793885_n1684044455.jpg

346132145_252984010558157_8329797794684264952_n1684044447.jpg

346122880_1273736840191520_4092216448339714999_n1684044430.jpg

346115495_1278828069684038_2860401556303936773_n1684044416.jpg

346115495_1278828069684038_2860401556303936773_n1684044404.jpg

346114089_1020139175620367_5204062418701743306_n1684044389.jpg

346113238_2440732209436448_1686219434259846463_n1684044379.jpg

346112231_1434849107294493_2217341221155239091_n1684044364.jpg

346111923_784535229665479_7491055969944498614_n1684044351.jpg

346111359_203632095347626_8684219601647975443_n1684044339.jpg

346111014_1390286201568585_6190380496241754061_n1684044324.jpg

346098810_770403108077240_8414372753389515243_n1684044312.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्