साकेला सौन्दर्यमा उधौली सिली नाच [तस्बिरहरु]

पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ
शनिबार, वैशाख ३०, २०८०

काठमाडौँ– किरातीको महान् चाड उधौली नेपालसहित विश्वभर छरिएर बसोबास गर्ने भूमिपुत्र किरात समुदायले मनाउने महान चाड हो । 

उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् । किरात समुदाय भित्र विभिन्न जातिहरू रहेकाले जाति, स्थान र संस्कार अनुसार यो पर्व फरक-फरक तरिकाले मनाउने गरिन्छ । 

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने गरिन्छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

सिली नाच मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपक्षीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी धेरै प्रकारका हुन्छन् ।

kirat_sakela_cnnepal101683985169.jpg

kirat_sakela_cnnepal11683985168.jpg

kirat_sakela_cnnepal91683985169.jpg

kirat_sakela_cnnepal111683985170.jpg

kirat_sakela_cnnepal61683985169.jpg

kirat_sakela_cnnepal71683985169.jpg

kirat_sakela_cnnepal81683985169.jpg

kirat_sakela_cnnepal51683985168.jpg

kirat_sakela_cnnepal41683985168.jpg

kirat_sakela_cnnepal31683985168.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्