एमाले केन्द्रीय कमिटीको बैठक

एमालेले यसै वर्ष भित्र सबै कमिटीको अधिवेशन सक्ने, मध्यपहाडी र हुलाकी राजमार्गमा अभियान चलाउने

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं– नेकपा (एमाले)ले सबै कमिटीको अधिवेशन यही वर्ष भित्र सकाउने भएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकले यसै वर्ष भित्र सबै कमिटीको अधिवेशन सक्ने निर्णय गरेको हो । 

बैठकले  आउँदो भदौमा प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । त्यसपछि जिल्ला, पालिका र वडा तहको अधिवेशन चैतसम्ममा सकाउने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै, बैठकले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग अभियान गर्ने सञ्चालन भएको छ ।

केन्द्रीय कमिटीको बैठकबाट आउँदो मंसिरमा उक्त अभियान सञ्चालन गर्ने निर्णय गरिएको गुरुङले जानकारी दिए ।

यो एमालेले यसअघि गरेको मेची–महाकाली अभियानजस्तै हुने उनले बताए । देशैभरि छोराछोरी नामक अभियान चलाउने निर्णय पनि बैठकबाट गरिएको उनले जानकारी दिए । ‘मिसन ग्रास रुट’ अभियानको सम्पूर्ण प्रदेशबाट प्राप्त विवरणको समीक्षाको आधारमा स्थायी कमिटीको बैठक बसेर वार्षिक कार्य योजना तयार पारेको गुरुङले जानकारी दिए ।

पार्टी सदस्यमा शुद्धीकरण र बिस्तार कार्य गर्ने, सदस्य नवीकरणको काम गर्ने पार्टी सदस्य सुदृढीकरण र विस्तारको काम गर्ने, कारणवश नवीकरण छुटेकाहरूको असार १५ सम्म जिल्लाले नवीकरण गरेर प्रदेश कमिटीमा पठाउने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।

CPN-uml11683989711.jpg

CPN-uml-21683989711.jpg

 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्