मुम्बईको प्ले अफ सम्भावना बलियो, शीर्ष स्थानको गुजरात पराजित

शनिबार, वैशाख ३०, २०८०

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले  गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

सूर्यकुमार यादवको शतक बनाएपछि घरेलु टोली मुम्बईले गुजरातलाई २७ रनले हराएको हो ।

जितसँगै सर्वाधिक मुम्बईले १२ खेलमा १४ अंक जोडे मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । पराजयका बाबजुत गुजरात १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा कायम छ ।

यस जितले ५ पटकको विजेता मुम्बईले प्ले अफमा पुग्ने सम्भावना थप बलियो बजनएको छ । लिगमा १० टोलीमध्ये शीर्ष ४ टोली प्ले अफमा जाने प्रावधान छ । 

वान्खडे रंगशालामा गएराति मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले पूरै ओभर नै ब्याटिङ गरे पनि ८विकेट गुमाउँदै १९१ रन बनायो ।

गुजरातका राशिद खानले सर्वाधिक ७९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । 

मुम्बईका लागि आकाश मधवालले ३, कुमार कार्तिक्य र पियुष चावलाले समान २ तथा जेसन बेहरेनड्रफले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि सूर्यकुमारले ४९ बलमा ११ चौका तथा ६ छक्काको मद्दतमा अविजित १०३ रन बनाए । 

गुजरातका लागि राशिद खानले सर्वाधिक ४ विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार