एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजीबीच सम्झौता

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं –स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् ।

एससीटी र एनएमबि बैंकबीच भएको यस सम्झौताले ग्राहकहरूलाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकवर्गहरुलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न विश्वास लिएको बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्