एमाले केन्द्रीय कमिटि बैठक

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? [पूर्णपाठसहित]

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बिहीबारदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

‘निर्वाचनपछिको तरल अवस्थाका बीचबाट मुलुकलाई राजनीतिक स्थिरता, अग्रगमन र समृद्धिको दिशामा लैजानसमेत पहल गर्दै पार्टीले २०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण ग¥यो,’ अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन्, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको त्यो सहकार्य सकारात्मक थियो र जनचाहना अनुरूपको थियो ।’

राजनीतिक प्रतिवेदनमार्फत उनले प्रियतावादी (पपुलिष्ट) शक्तिको उदयप्रति सचेत रहनुपर्ने विश्लेषण गरेका हुन् । 

‘निर्वाचनमा प्रियतावादी (पपुलिष्ट) शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय परिघटनाका रूपमा रहेका छन्,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘खासगरी युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूका बीचमा पपुलिज्मुले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरूप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ ।’ 

11683802237.jpg

21683802227.jpg

31683802218.jpg

41683802209.jpg

51683802200.jpg

71683802185.jpg

81683802174.jpg

91683802160.jpg

101683802150.jpg

111683802138.jpg

121683802128.jpg

131683802117.jpg

141683802101.jpg

151683802086.jpg

161683802074.jpg

171683802063.jpg

181683802050.jpg

191683802037.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्