सन्राइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सम्झौता

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–सनराइज बैंकले आफ्ना ग्राहकलाई नयाँ र समय सापेक्षिक सेवा प्रदान गर्दै आएको छ । सनराइज बैंकले आफ्ना ग्राहकहरूको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । 

त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा अरोगिन हेल्थकेयरबीच बैंकका ग्राहकहरूलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

सम्झौताअनुसार बैंकका ग्राहकले यस बैंकको क्रेडिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बंैकिङ्ग मार्पmत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरूमा ४५ प्रतिशतसम्मको छुट पाउन सक्ने छ । 

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्