संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपेन्द्र यादव

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य उपेन्द्र यादव प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा चयन भएका छन् ।

जसपाको सिफारिस अनुसार सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्य रहने प्रस्ताव राखे । जसलाई सभाले स्वीकृत गरेको छ ।

यादव गत १० वैशाखमा बारा निर्वाचन क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा निर्वाचित भएका हुन् ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्