नक्कली भुटानी शरणार्थी प्रकरणबारे जानकारी गराउन सभामुखको रूलिङ

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले यस प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यसबारे सभामुखको रुलिङको माग गरेका थिए ।

बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेका थिए ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्