प्रतिनिधिसभाको दोस्रो बैठक सुरु

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित बैठक ४५ मिनेटपछि सुरु भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिने सहमति भएपछि बैठक बसेको हो । दोस्रो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले लिङ्देनलाई आकस्मिक समय दिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्